बार्सिलोना र युभेन्टसले खेलाडी साट्दै « Khabarhub

बार्सिलोना र युभेन्टसले खेलाडी साट्दै


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनिस महारथी बार्सिलोना र इटालीयन जायन्ट युभेन्टसले खेलाडी साटफेर गर्ने भएका छन् ।

बार्सिलोनाले आफ्ना मिडफिल्डर आर्थरलाई युभेन्टस पठाएर उनको स्थानमा युभेन्ट्सका मिडफिल्डर मिरालेम प्जानिकलाई क्लब भित्र्याउने तयारी गरेको छ ।

६० मिलियन युरो र ५ मिलियन पछि थप्ने क्लबको प्रस्तावमा बोसनियाका प्जानिकले सहमती भएका छन् । सन् २०१६ मा युभेन्टसमा आवद्ध भएका उनले सिरी ए मा २ सय १४ खेल खेलिसकेका छन् ।

यता, ६ वर्षको सम्झौताका लागि सन् २०१८ मा बार्सिलोना पुगेका आर्थर भने ७२ मिलियन युरोमा युभेन्टसमा जान सहमत भएका हुन् । उनले पछि थप १० मिलियन युरो पाउने बताइएको छ ।

आर्थर यो सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छन् । बार्सिलोनाका प्रशिक्षकले मन नपराएपछि आर्थरले बार्सिलोनामा राम्रो अवसर नपाएको आलोचना भइरहेको छ ।

केही दिन अगाडि पनि प्रशिक्षक क्विकी सेटिनको प्रतिक्रियामा आर्थरकी आमाले असन्तुष्टि जनाएकी थिइन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : १७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह