कप्तानको जिम्मेवारीले खेलमा असर गर्दैन – वेन स्टोक « Khabarhub

कप्तानको जिम्मेवारीले खेलमा असर गर्दैन – वेन स्टोक


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्डका अलराउण्डर वेन स्टोकले वेष्ट इन्डिजविरुद्धको टेस्ट सिरीजमा कप्तानी पाउनु सम्मानको कुरा भएको बताएका छन् ।

अहिलेसम्म कप्तान बन्नेबारे नसोचेको बताएका स्टोकले टोलीको नेतृत्व पाउँनु ‘ठूलो सम्मान’ भएको बताएका छन् ।

नियमित कप्तान जोय रुट आफ्नो दोस्रो सन्तानको जन्मपछि केही समय टोली बाहिर रहने भएपछि उपकप्तान स्टोकले कप्तानी पाउने सम्भावना बलियो रहेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीको जोखिमकाबीच  सुरू हुन लागेको इङ्ग्ल्यान्ड – वेष्ट इन्डिज सिरीजमा रुट सहभागी नभए आफू कप्तानका लागि तयार रहेको स्टोकले बताएका छन् । तर, पनि उनी बोर्डको निर्णय कुरी रहेका छन् ।

इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजले तीन खेलको सिरीज खेल्ने तय भएको छ ।

‘अहिलेसम्म यसबारे मैले सोचेको छैन,’ स्टोकलाई उदृत गर्दै आईसीसीले लेखेको छ,‘अहिले मेरो लागि सिरीजको तयारी गर्नु महत्वपूर्ण कुरा हो । हामी पहिलो टेस्टलाई दुई वा तीन दिनसम्म लैजाने योजनामा छौं ।’

टिमका सबै सदस्य खेलाडीहरुबाट आइडिया लिएर मैदानमा उपस्थित हुने योजना रहेको उपकप्तान स्टोकले बताएका छन् ।

कप्तानको जिम्मेवारीमा रहँदा पनि खेलमा कुनै असर नपर्ने स्टोकले बताएका छन् । ‘म सधै एउटा उदाहरण सेट गर्न चहान्छु प्रतिवद्धता पूरा गर्न,’ स्टोकले थपे, ‘यदि मैले टोलीको नेतृत्व गर्नु परे खेलमा कुनै असर गर्ने छैन ।’

टेस्ट सिरीज जुलाई ८ बाट १२ सम्म रोज बल क्रिकेट मैदानमा सुरू हुँदैछ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : १७ बजे

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको