भारतले टिकटक लगायत दर्जनौं चिनियाँ एपमा लगायो प्रतिबन्ध « Khabarhub

भारतले टिकटक लगायत दर्जनौं चिनियाँ एपमा लगायो प्रतिबन्ध


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतले टिकटकलगायत दर्जनौं चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

भारतले टिकटक, विच्याट, पगजीलगायत ५९ वटा चिनियाँ एपहरुमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको हो।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेका थिए।

भारतीय सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई सोमबार नै फोन कम्पनीहरुलाई फोन गरेर यी एप प्रतिबन्ध लगाउन आदेश दिएको हो।

चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि भारत र चीन सम्बन्धमा तीक्तता आइरहेको छ।

मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै  एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउनुपर्ने बहस चलिरहेको थियो।

दि न्यू योर्क टाइम्समा प्रकाशित समाचारका अनुसार भारतले टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप लगायतका चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। चीनले भने भारतको यस कदमका बारेमा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : २४ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको