भारतले टिकटक लगायत दर्जनौं चिनियाँ एपमा लगायो प्रतिबन्ध « Khabarhub

भारतले टिकटक लगायत दर्जनौं चिनियाँ एपमा लगायो प्रतिबन्ध


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतले टिकटकलगायत दर्जनौं चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

भारतले टिकटक, विच्याट, पगजीलगायत ५९ वटा चिनियाँ एपहरुमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको हो।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेका थिए।

भारतीय सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई सोमबार नै फोन कम्पनीहरुलाई फोन गरेर यी एप प्रतिबन्ध लगाउन आदेश दिएको हो।

चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि भारत र चीन सम्बन्धमा तीक्तता आइरहेको छ।

मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै  एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउनुपर्ने बहस चलिरहेको थियो।

दि न्यू योर्क टाइम्समा प्रकाशित समाचारका अनुसार भारतले टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप लगायतका चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। चीनले भने भारतको यस कदमका बारेमा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : २४ बजे

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा