भुवन केसीको टिप्पणीपछि साम्राज्ञीले दिइन् जवाफ « Khabarhub

भुवन केसीको टिप्पणीपछि साम्राज्ञीले दिइन् जवाफ


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफू दुर्व्यवहारमा परेको बताएकी छिन् । केही दिनअघि उनले ३ वटा नेपाली फिल्ममा काम गर्दा दुव्यर्वहारमा परेको बताएकी थिइन् ।

उनले फिल्मको नाम सार्वजनिक नगरे पनि निर्माताको नियतमाथि प्रश्न उठाएकी थिइन् । फिल्म ‘ड्रिम्स’ मा काम गर्दा नराम्रो व्यवहार भोगेको उनले सांकेतिक रुपमा भिडियोमार्फत बताएकी थिइन् ।

त्यसको प्रतिक्रिया दिँदै अभिनेता तथा निर्माता भुवन केसीले एक टिप्पणी गरेका थिए । उक्त टिप्पणीमा भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेका थिए ।

भुवनको यो अभिव्यक्तिपछि साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै आफूलाई गालामा टाँसिन आएर ‘तँ त मेरो प्रोडक्ट होस्’ भन्दै मिडियामा यस्ता कुरा बाहिर नल्याउन भनेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘कति धेरै कुरा जुन मैले सहेर लुकाएर बसिरहेकी थिएँ ।’

उनले अरु मेकरले पनि यस्ता कुरा बाहिर नल्याउन भनेको पनि खुलासा गरेकी छिन् । साम्राज्ञीको यो खुलासापछि फ्यानले राम्रो गरेको प्रतिक्रिया दिएका छन् ।

‘मलाई जहिले पनि अरु मान्छेहरुले यो कुरा शेयर नगर्न भन्नुभएको थियो, उहाँहरुलाई थाहा छ कि, मलाई नराम्रो भएको थियो,’ साम्राज्ञीले भनेकी छिन् ।

आफ्नो करिअरमा धब्बा लाग्ला, फिल्ममा काम नपाउला भन्दै मेकरले कन्भिन्स गरेको पनि उनले बताएकी छिन् । अघिल्लो भिडियोमा कुनै पनि फिल्ममा दोहोर्‍याएर काम नगर्नुको कारण मेकरको व्यवहार भएको बताएकी थिइन् ।

‘मलाई चित्तै बुझ्दैनथ्यो, तर मैले चुप बसेकी थिएँ, त्यो बेला म मात्र भएको छु, मैले भोगेकी छु, मैले देखेकी छु,’ उनले भनेकी छिन्, ‘मेरो ठाउँमा हुनुहुन्थ्यो भने के थाहा तपाईंहरुले कसरी लिनुहुन्थ्यो । त्यतिबेलै केही गर्नुहुन्थ्यो होला ।’

डेब्यु फिल्म ‘ड्रिम्स’ मा अभिनय गर्दा नराम्रो व्यवहार भोगेको साम्राज्ञीले यसअघि खबरहबसँगको कुराकानीमा पनि खुलासा गरेकी थिइन् ।

‘म त्यतिबेला बच्चा थिएँ । मलाई कसैले सम्झाउने भन्ने थिएन,’ साम्राज्ञीले भनिन् ।

उनले आफूलाई मन परेको कथामा लगनशीलताका साथ राम्ररी काम गरेको पनि दाबी गरिन् । भुवनले साम्राज्ञीको अभिनयलाई लिएर पनि प्रश्न गरेका थिए ।

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on


‘उहाँहरुको फिल्म हिट भएको हो, उहाँहरुले नै मलाई काम दिनुभएको हो,’ साम्राज्ञीले भुवनको ‘जुन थालमा खायो त्यही थालमा दुलो पार्ने’ भनाइपछि भनेकी छिन् ।

उनले जापानमा एक अवार्ड समारोहका बेला निर्माता मुख जोडेर कुरा गरेको बताएकी छिन् । उनले भुवन केसीको नाम नलिए पनि साम्राज्ञीको आरोप उनीतिरै सोझिएको देखिन्छ ।

‘यो त एउटा उदाहरण मात्र हो, त्यसपछि मलाई कति जनाले के के गरेको छ, म चुप लागेर बसिरहेकी छु, यो कुरा शेयर गर्दा मलाई राम्रो अनुभव पनि भइरहेको छ,’ उनले भनेकी छिन् ।

साम्राज्ञीले आफूमाथि दुर्व्यवहार भएको सार्वजनिक गर्दा हलुका अनुभव गरेको तर यो सही हो या होइन भन्नेमा नछुट्याएको पनि बताएकी छिन् ।

यो टिप्पणीपछि भुवनले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ११ : १५ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता