त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिनका शिशुमा कोरोना संक्रमण « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिनका शिशुमा कोरोना संक्रमण


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ)मा उपचाररत एकजना शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डाक्टर सन्त कुमार दासका अनुसार ४५ दिनको शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

म्याग्दी घर भएका ती शिशुमा घाँटीमा समस्या देखिएपछि आइसोलेसन वार्डमा नै राखेर सोमबार शल्यक्रिया समेत गरिएको डा दासले बताए ।

‘हाम्रो अस्पतालमा उपचारत ४५ दिनका शिशुमा कोरोना पोजेटिभ आएको छ । दुइ हप्ताअगाडी अस्पतालमा भर्ना भएका थिए,’ डा दासले खबरहबसँग भने, ‘शिशुको घाँटीमा समस्या भएर शल्यक्रिया गर्नुपरेपछि कोरोना परीक्षणका लागि नमुना लिइएको थियो । अवस्था जटिल भएपछि हिजो आइसोलेसनमै राखेर शल्यक्रिया गरियो। ती शिशुको आज बिहान कोरोनाको रिपोर्ट पाजेटिभ आयो ।”

शिशुलाई अहिले आइसोलेसनमै राखिएको डा दासले जानकारी दिए ।

डा दासका अनुसार टिचिङ अस्पतालमा हाल ५ जना कोरोना पोजेटिभ बिरामीहरु उपचार छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ३ : ३७ बजे

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि