प्युठानमा देखियो सलह, बाली जोगाउन टिन ठटाउँदै किसान « Khabarhub

प्युठानमा देखियो सलह, बाली जोगाउन टिन ठटाउँदै किसान


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सलह कीरा प्युठानमा देखिएको छ । प्युठानका विभिन्न स्थानमा सलह कीराले बाली नष्ट गर्न थालेका छन् ।

सोमबार दिउँसो प्युठानका केहि गाउँमा देखिएको सलह मंगलबार भने जिल्लाभर नै फैलिएको र बाली समेत नष्ट गर्न थालेको सारुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

Image may contain: plant, tree, outdoor and nature
तस्वीर : सालिम अन्सारी

सारुमारानी गाउँपालिकामा पनि मंगलबार सलह कीराले मकै बाली नष्ट गर्न थालेको विश्वकर्माले जानकारी दिए ।

‘आकासै ढाक्ने गरी ठूलो संख्यामा सलह देखिएको छ’ उनले खबरहबसग भने,’सलह भगाउन स्थानीयहरुले थाल, टिन बजाईरहेका छन ।’

उनका अनुसार सलहले अहिले जिल्लाका विभिन्न गाउँमा लगाएको मकै बालीमा क्षति पुर्‍याएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ०४ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै