अध्यक्ष ‘प्रचण्ड’ लगायतले मागे प्रधानमन्त्री ओलीको राजीनामा « Khabarhub

अध्यक्ष ‘प्रचण्ड’ लगायतले मागे प्रधानमन्त्री ओलीको राजीनामा


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेको एक नेताले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले  पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘बुधबारको बैठकमै मैले तपाईँबाट सरकार र पार्टी सञ्चालन राम्रो नभएको बताएको हुँ,’ एक स्थायी कमिटी सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘अहिले फेरि पनि भन्छु राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न समेत गरेका थिए ।

बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम समेतले सरकारले काम गर्न नसकेको र त्यसले पार्टीलाई गम्भीर धक्का लागेको जनाएको उनले बताए ।

भारतीय राज्यसंयन्त्र वा दूतावासले सरकार ढाल्न खोज्यो भनेर बोल्नुकै कुनै अर्थ नभएको भन्दै नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए ।

शुक्रबार र शनिबार सीमा समस्यालगायतका विषयमा केन्द्रित भएको बैठक आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दूतावासले बैठकहरु गरेको भन्ने अभिव्यक्ति दिएपछि सोही विषयतर्फ मोडिएको उनले बताए ।

 

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : २२ बजे

ज्वालामुखी विस्फोटपछि नेपालबाट हुने दुई उडान रद्द हुँदा सयौँ यात्रु विमानस्थलमै

काठमाडौं- इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण

चन्द्रदेव जोशी घनश्याम भुसालको पुनर्गठन अभियानमा जोडिने

काठमाडौं- नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी घनश्याम भुसालको नेतृत्वमा अघि

निर्वाचनका लागि दर्ता भए ८० दल

काठमाडौँ- फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन

महाकाली नदीमा डुबेर एक युवक बेपत्ता

महेन्द्रनगर- महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। कञ्चनपुरको

टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

काठमाडौं- आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न