भारतमा प्रतिबन्ध लागेपछि निराश टिकटक स्टार्स, एउटैका २० हजार भिडियो भएका थिए अपलोड « Khabarhub

भारतमा प्रतिबन्ध लागेपछि निराश टिकटक स्टार्स, एउटैका २० हजार भिडियो भएका थिए अपलोड


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतले टिकटकसहित चीनका ५९ वटा एप्समा प्रतिबन्ध लगाइदिएपछि भारतमा हंगामा मच्चिएको छ । टिकटक भारतमा निकै लोकप्रिय एप थियो ।

टिकटकबाट कैयन् स्टार बनिसकेका थिए । भारतका कतिपय स्टारले पनि टिकटक प्रयोग गरिरहेका थिए । टिकटक सेलिब्रेटीका पनि लाखौं फलोअर्स थिए ।

भारतमा प्रतिबन्ध लागेपछि सामाजिक सञ्जालमार्फत टिकटक प्रयोगकर्ताले निराश व्यक्त गरेका छन् ।

भारतका एक चर्चित टिकटकर जीपी मुत्थुका १० लाख फलोअर्स छन् । उनले टिकटकमा २० हजारभन्दा बढी भिडियो अपलोड गरेका छन् ।

उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘म हरेक दिन बिहान उठेर टिकटक चेक गर्ने गर्थें, आज जब मैले भारत सरकारले टिकटक ब्याण्ड गरेको देखें, म एकदमै निराश भएको थिएँ ।’

उनले यो एक मनोरञ्जनको प्लेटफर्म भएको र टिकटकबाट प्रयोगकर्ताले तनाव कम भएको महसूस गर्ने गरेको बताए ।

कतिपयले भने भारत सरकारको यदि चीनसँग लडाइँ हो भने टिकटक मात्र नभएर सबै चीज बन्द गरिनुपर्ने बताएका छन् । धेरै टिकटक प्रयोगकर्ताले आफ्नो कला प्रस्तुत गर्ने माध्यमका रुपमा टिकटकलाई लिएका थिए ।

टिकटकबाट धेरै फलोअर्स भएका सेलिब्रेटीको कमाइ पनि हुने गर्थ्यो ।

पछिल्लो समय चीन र भारत राष्ट्रबीच तनाव सिर्जना भएको छ । यही बेला मोदी सरकारले भारतमा लोकप्रिय चीनका एपमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : २८ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका