८० करोड जनतालाई पाँच महिना निशुल्क खाद्यान्न वितरण गर्ने मोदीको घोषणा « Khabarhub

८० करोड जनतालाई पाँच महिना निशुल्क खाद्यान्न वितरण गर्ने मोदीको घोषणा


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै ८० करोड नागरिकका लागि निशुल्क पाँच महिना खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री गरीब कल्याण खाद्य योजनालाई नोभेम्बरको अन्त्यसम्म चालु राख्ने उनले बताएका छन् ।

यस योजना अन्तर्गत गरीब र आवश्यक रहेका घर परिवार, जसको रासन कार्ड रहेको छ उनीहरुलाई खाद्यान्न प्रदान गर्ने व्यवस्था गरिएको छ । भारतमा रासन कार्ड लिएका करिब ८० करोड नागरिक रहेका तथ्याङ्क रहेको छ ।

सरकारले यो पाँच महिनाप्रति परिवार पाँच किलोग्राम गहुँ वा चामल र एक किलोग्राम चना उपलब्ध गराउने घोषणा गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले महामारीलाई मध्यनजर गर्दै विगत तीन महिना पनि उक्त योजना लागू भएको प्रसङ्ग उल्लेख गर्दै भने,“ जुन ३० मा सकिने महामारीमा उद्धार प्याकेजका रूपमा जारी योजनालाई लम्ब्याउँदा १.५ लाख करोड खर्च राज्यको खर्चमा जोडिनेछ ।”

यस पहिले भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले महामारीको समस्या अझै कायम रहेको भन्दै सामाजिक दूरी कायम गर्दै दोस्रो चरणको बन्दाबन्दीको घोषणा गरेका थिए ।

उनले लकडाउन सही निर्णयमा गरिएकाले भारतमा लाखौँको ज्यान जोगिएको दाबी गरे ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ५३ बजे

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता