सलह कीरामाथि झम्टिँदै काठमाडौंका काग « Khabarhub

सलह कीरामाथि झम्टिँदै काठमाडौंका काग


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतबाट तराईंका जिल्ला हुँदै नेपाल छिरेका सलह कीरा काठमाडौं पनि आइपुगे छन् ।

मंगलबार साँझको समयमा सलहको सानो झुण्ड काठमाडौं उपत्यकाका आकाशमा देखिन्थे ।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट सलह प्रवेश गरेको जनाएको छ ।

काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।

काठमाडौंमा छिरेका सलहमाथि कागले आक्रमण गरेको छ । काठमाडौंका आकाशमा उडिरहेका सलहलाई कागले आफ्नो आहारा बनाउन झम्टिँदै गरेको दृश्य देखिन्थ्यो । केहि सलहलाई कागले आफ्नो आहारा बनाएको छ ।

एकैपटक हुल बनेर आएका सलहको हुल भएतिरै कागको पनि बथान उडेको देखिन्थ्योँ । सँगै कागले उडिरहेका सलहलाई आफ्नो आहारा बनाएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।


तस्वीर : प्रशान्त प्रधानको फेसबुकबाट

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ०८ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका