किष्ट मेडिकल कलेजमा १५ औँ सफल कलेजो प्रत्यारोपण « Khabarhub

किष्ट मेडिकल कलेजमा १५ औँ सफल कलेजो प्रत्यारोपण


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । 

यसक्रममा २६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गर्दै पारिवारिक माया, समर्पण र साहसको अनुपम उदाहरण प्रस्तुत गरेकी छन् । 

अस्पतालका अनुसार, उक्त प्रत्यारोपण प्रक्रिया चिकित्सकीय रूपमा जटिल भए पनि दक्ष चिकित्सक टोलीको निरन्तर प्रयास र आधुनिक प्रविधिको प्रयोगमार्फत सफलतापूर्वक सम्पन्न गरिएको हो । 

उपचारको सम्पूर्ण चरणमा बिरामी र परिवारले सामना गरेको चुनौती, आशा र अन्ततः प्राप्त सफलताले यस घटनालाई भावनात्मक रूपमा पनि विशेष बनाएको अस्पतालले उल्लेख गरेको छ । 

किष्ट मेडिकल कलेजले अंग प्रत्यारोपणजस्ता जटिल सेवाहरूमा निरन्तरता दिँदै आएको छ । अस्पतालमा कलेजो र मिर्गौला प्रत्यारोपण सेवा नियमित रूपमा उपलब्ध रहेको र अनुभवी चिकित्सक टोलीद्वारा सञ्चालन भइरहेको जनाइएको छ ।

निजी क्षेत्रमै नियमित रूपमा अंग प्रत्यारोपण सेवा प्रदान गर्ने अग्रणी अस्पतालका रूपमा किष्टले आफ्नो पहिचान स्थापित गरिसकेको छ । साथै, आगामी दिनमा कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवालाई अझ विस्तार र सुदृढ बनाउने योजनासमेत अघि बढाइएको अस्पतालले जनाएको छ ।

मानव जीवनको रक्षा र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको जनाउँदै अस्पतालले भविष्यमा पनि यस्ता जीवनरक्षक सेवाहरूलाई अझ प्रभावकारी र सहज बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १ : ५८ बजे

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र