लामा र गिरी क्यान सदस्यमा मनोनित « Khabarhub

लामा र गिरी क्यान सदस्यमा मनोनित


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो प्रतिनिधिका रुपमा छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट संघ (क्यान)को सदस्यका लागि सिफारिस गरेको छ ।

मंगलबार राखेप सदस्य सचिव रमेश कुमार सिलवालले लामा र गिरी दुवै जनालाई सिफारिस पत्र पठाएका हुन् ।

योसँगै क्यानको कार्यसमितीले ९ महिनापछि पूर्णता पाएको छ । राष्ट्रिय खेलकुद परिषद्को कोटाबाट मनोनित हुने दुई जनाको नाम परिषद्ले पठाएपछि क्यानको कार्यसमितीले पूर्णता पाएको हो ।

छुम्बी लामालाई पूर्व सदस्यसचिव युवराज लामाको पालामा क्यानको अध्यक्ष बनेका टंक आङबुहाङले क्यानमा प्रवेश गराएका थिए ।

क्यानकी पूर्व सीईओ भावना घिमिरेको पालामा लामा चिफ अपरेटिङ अफिसर भएर काम गरेका थिए ।

अर्का सदस्य गिरी भने मदनभण्डारी फाउण्डेसनको क्रिकेट विभागका उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : १५ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक