पदो‍न्‍नति भएका प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

पदो‍न्‍नति भएका प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बढुवा भएका नेपाल प्रहरीका प्राविधिक तर्फका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा प्राविधिक प्रहरी उपरीक्षक र प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उक्त निर्णयबाट पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरूलाई नेपाल प्रहरी अस्पताल महाराजगंजमा आज आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सुन्दरप्रसाद हैजु, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. दामोदर पौडेल, डा. संचिता दाहाल घिमिरे, डा.मनोजकुमार यादव र कुशल रानाभाट रहेका छन्।

त्यस्तै प्राविधिक प्रहरी उपरीक्षकहरू ई.हरि डंगोल, ई. ईश्वर थापा, डा. सुवर्ण कुँवर, डा. छन्द बुढाथोकी, डा. केदार खड्की, उन्देश्वर तिवारी र लालबाबु गिरी तथा प्राविधिक प्रहरी नायव उपरीक्षक भुपाल बाँनिया रहेका छन्।

प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरीको संस्थागत विकासका लागि भरपर्दो मेरुदण्डको रूपमा रहेका प्राविधिक समूहका प्रहरी अधिकृत तथा जवानहरुले निर्वाह गर्दै आएको योगदान प्रशंसनीय रहेको बताए।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : २९ बजे

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग