कोरोना भाइरस : विश्वभर १ करोड ७१ लाखभन्दा बढीमा संक्रमण « Khabarhub

कोरोना भाइरस : विश्वभर १ करोड ७१ लाखभन्दा बढीमा संक्रमण


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । योसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १२९ छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७६८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार २४० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ५२३ जनाको मृत्यु भएको छ । २८ लाख ३२ हजार ७८५ जना संक्रमित भएकोमा १७ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १३ हजार ९१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५३ लाख ४२ हजार ९८० पुगेको छ । त्यसमध्ये २७ लाख २७ हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९४ हजार २४ जनाको मृत्यु भएको छ । ४१ लाख २७ हजार ८५ जना संक्रमित भएकोमा २९ लाख ९७ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३९ हजार ४८४ जनाको मृत्यु भएको छ । ३९ लाख ४५ हजार ६ जना संक्रमित भएकोमा २६ लाख ८८ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १८ हजार ९०० जनाको ज्यान गएको छ भने ८ लाख ९४ हजार ३५३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ४३ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १९९ जनाको मृत्यु भएको छ । १७ हजार ३१३ जना संक्रमित भएकोमा ११ हजार ५६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ५० बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा