नेपाललाई स्वर्ण दिलाउने मन्डेकाजी ५ लाख नगदसहित सम्मानित « Khabarhub

नेपाललाई स्वर्ण दिलाउने मन्डेकाजी ५ लाख नगदसहित सम्मानित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुदमा नेपालको तर्फबाट पहिलो स्वर्ण पदक विजेता एवम् नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल कराँतेका मण्डेकाजी श्रेष्ठ सम्मानित भएका छन् ।

बिहीबार बिहान धादिङ जिल्ला फुटवल संघका अध्यक्ष दिपक खतिवडाको समन्वयमा कर्मा कन्ट्रक्सन र गुडविल बिलडर्सले संयुक्त रुपमा पाँच लाखसहित सम्मान गरेको हो ।

ललितपुरस्थित होटल भिभान्तामा एक अनौपचारिक कार्यक्रमको आयोजना गरि श्रेष्ठलाई सम्मान गरिएको हो ।

सम्मानका लागि गुड विल विल्डर्स तथा धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा र करातेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनले आर्थिक व्यवस्था गरेका थिए ।

त्यस्तै कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सीईओ रोसिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलको सहभागिता थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ११ : ४० बजे

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२