संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य « Khabarhub

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि अन्त्य भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मंगलबारको निर्णयअनुसार प्रतिनिधि सभासहित माथिल्लो सदन राष्ट्रिय सभाको पनि अधिवेशन अन्त्य गरेको जानकारी सभामुख डोलप्रसाद अर्यालले दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका थिए ।

संसद् अधिवेशन अन्त्यका लागि मंगलबार मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत फागुन २१ गते प्रतिनिधि सभाको चुनाव भएपछि गत चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन सुरू भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : २६ बजे

प्रधान सेनापति सिग्देलद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी