संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य « Khabarhub

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि अन्त्य भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मंगलबारको निर्णयअनुसार प्रतिनिधि सभासहित माथिल्लो सदन राष्ट्रिय सभाको पनि अधिवेशन अन्त्य गरेको जानकारी सभामुख डोलप्रसाद अर्यालले दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका थिए ।

संसद् अधिवेशन अन्त्यका लागि मंगलबार मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत फागुन २१ गते प्रतिनिधि सभाको चुनाव भएपछि गत चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन सुरू भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : २६ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा