रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, चाहन्थे ब्रेकअप « Khabarhub

रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, चाहन्थे ब्रेकअप


१५ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिहं राजपूतको आत्महत्या केशमा अर्को मोड आएको छ । रिया चक्रवर्तीलाई लिएर सुशान्तकी पूर्व गर्लफ्रेण्ड अंकिता लोखंडेले खुलासा गरेकी छिन् ।

बिहार प्रहरीलाई अकिंताले बताएअनुसार फिल्म ‘मणिकर्णिका’ को प्रचारका बेला सुशान्तले विश गर्न म्यासेज गरेका थिए ।

त्यतिबेला दुवैबीच च्याट भयो र कुराकानी पनि भयो । सुशान्तले च्याटका क्रममा अकिंतालाई आफू रियासँगको सम्बन्धमा खुशी नभएको बताएका थिए ।

‘उनी रियासँगको सम्बन्धका बारेमा निकै तनावमा थिए, उनी यो सम्बन्ध टुटाउन चाहन्थे किनकि रिया चक्रवर्तीले उनलाई निकै हैरान बनाएकी थिइन्,’ अकिंताले भनेकी छिन् ।

अकिंताले उक्त च्याट बिहार प्रहरीसँग शेयर गरेकी छिन् ।

सुशान्तको मृत्युपछि अंकिता दुईपटक पटना गएकी थिइन् । त्यतिबेला उनले सुशान्तकी बहिनी स्वेतालाई पनि भेटेकी थिइन् । अकिंताले स्वेतालाई उक्त च्याट देखाएकी थिइन् ।

अकिंताले यस विषयमा ट्वीट पनि गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् – सत्यले जित्छ ।

हालै सुशान्तका पिताले पनि रियाविरुद्ध उजुरी दिएका थिए । उनले रियाका कारण सुशान्तले आत्महत्या गरेको उजुरीमा लेखेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : ४५ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६