एमबीबीएस तथा बीडीएसको लाइसेन्स परीक्षा भदौमा « Khabarhub

एमबीबीएस तथा बीडीएसको लाइसेन्स परीक्षा भदौमा


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षा आगामी भदौमा लिने भएको छ ।

काउन्सिलले एक विज्ञप्तिमार्फत गत चैत ८ गते लिने भनिएको लाइसेन्स परीक्षा आगामी भदौ ७ गते देखि १० गते सम्म गर्ने जनाएको हो ।

काउन्सिलका अनुसार बीडीएसको परीक्षा भदौ ७ गते हुनेछ भने एमबीबीएसको परीक्षा रोल नम्बर अनुसार ८ देखि १० गतेसम्ममा हुनेछ ।

लाइसेन्स परीक्षा ललितपुरको पुल्चोकमा रहेको इञ्जिनियरिङ अध्ययन संस्थानमा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

परीक्षामा सहभागी हुने परीक्षर्थीका लागि साउन १८ गतेदेखि २३ गतेसम्म आफ्नो प्रवेशपत्रको प्रतिलिपी काउन्सिलको वेवसाइटमा पठाउनुपर्नेछ । यस्तै सो परीक्षामा सहभागी हुन सक्ने परीक्षार्थीले सोही प्रवेशपत्रको आधारमा अर्को पटकको परीक्षामा सहभागी हुन पाउनेछन् ।

परीक्षामा सहभागी हुने जानकारी गराएपछि सहभागी नहुने परीक्षार्थीले भने अर्को परीक्षाका लागि पुन आवेदन दिएर शुल्क समेत पुनः बुझाउनुपर्ने काउन्सिलले जनाएको छ ।

लाइसेन्स परीक्षामा एकसय ४ डिग्रीभन्दा माथि तापक्रम भएको व्यक्तिलाई परीक्षामा सहभागी नगराउने पनि काउन्सिलले जनाएको छ ।

परीक्षा सञ्चालन गर्दा परीक्षार्थी र अन्य सबैले २ मिटरको दुरी कायम गरी मास्क अनिवार्य प्रयोग गर्नुपर्ने पनि जनाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  २ : ५७ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि