राखेप सदस्यमा ६ जना मनोनित « Khabarhub

राखेप सदस्यमा ६ जना मनोनित


१५ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६ जना सदस्य मनोनित भएका छन्। युवा तथा खेलबुद मन्त्रालयले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई बिहीबार सिफारिस गरेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ उपदफा २ (थ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट रिम राना भाट र इन्दीरा निरौलालाई सदस्यमा मनोनित गरिएको छ।

यस्तै, दफा ३ उपदफा २ (ढ) अनुसार सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेको छ।

सोही उपदफाको (त )बमोजिम परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुनेगरी गोविन्द प्रशाद भट्टराई गरी ६ जनालाई साउन १५ गतेको निर्णय अनुसार मन्त्री विश्वकर्माले मनोनयन गरेका हुन्।

साथै अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको मनोनयनलाई पूर्णता दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बुधबार मात्रै राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल र उपाध्यक्षमा शिव कोइरालाले पदभार ग्रहण गरेका थिए।

२०४८ सालको ऐन अनुसार रहेका राखेप पदाधिकारीहरु नयाँ ऐन कार्यनयनमा आएसँगै पदमुक्त भएका थिए। नयाँ ऐनले राखेप बोर्डमा ३७ जना रहने व्यवस्था गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : १८ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर