राखेप सदस्यमा ६ जना मनोनित « Khabarhub

राखेप सदस्यमा ६ जना मनोनित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६ जना सदस्य मनोनित भएका छन्। युवा तथा खेलबुद मन्त्रालयले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई बिहीबार सिफारिस गरेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ उपदफा २ (थ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट रिम राना भाट र इन्दीरा निरौलालाई सदस्यमा मनोनित गरिएको छ।

यस्तै, दफा ३ उपदफा २ (ढ) अनुसार सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेको छ।

सोही उपदफाको (त )बमोजिम परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुनेगरी गोविन्द प्रशाद भट्टराई गरी ६ जनालाई साउन १५ गतेको निर्णय अनुसार मन्त्री विश्वकर्माले मनोनयन गरेका हुन्।

साथै अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको मनोनयनलाई पूर्णता दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बुधबार मात्रै राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल र उपाध्यक्षमा शिव कोइरालाले पदभार ग्रहण गरेका थिए।

२०४८ सालको ऐन अनुसार रहेका राखेप पदाधिकारीहरु नयाँ ऐन कार्यनयनमा आएसँगै पदमुक्त भएका थिए। नयाँ ऐनले राखेप बोर्डमा ३७ जना रहने व्यवस्था गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : १८ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक