स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा साउन-१५ को शुभकामना « Khabarhub

स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा साउन-१५ को शुभकामना


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास काठमाडौंले साउन १५ अर्थात खिर दिवसको शुभकामना प्रदान गरेको छ ।

कल्चरल सेन्टरले सामाजिक सञ्जाल ट्वीटर मार्फत सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान गरेको हो ।

उसले सामाजिक सञ्जालमा ट्वीटरमा लेखेको छ- “सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई श्रावण १५ अर्थात् खीर खाने दिनको शुभकामना !”

नेपालमा हरेक साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधीय गुण भएको परिकारको रूपमा समेत अर्थ्याउने गरेका छन् ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनमा खिर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ ।

धार्मिक रुपमा खीरलाई पवित्र भोजन मानिन्छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाइँदा यसमा औषधीय गुण हुने विज्ञहरू बताउँछन् ।

कल्चरल सेन्टरले नेपाल-भारतबीच रहेको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्ने कामलाई बढवा दिँदै आएको  छ ।

स्वामी विवेकानन्द कल्चरल सेन्टरले  नेपालमा योगा, तबला, गायन र भरतनाट्यम नाच लगायतको प्रशिक्षण समेत दिने गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ३५ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि