सत्यनारायण मन्दिरमा लाग्ने जनैपूर्णिमा जात्रा स्थगित « Khabarhub

सत्यनारायण मन्दिरमा लाग्ने जनैपूर्णिमा जात्रा स्थगित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ ।

कोरोना भाइरसको प्रभावका कारण सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा सञ्चालन नगर्न तेमाल गाउँपालिकाले निर्देशन गरेको हो ।

तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बुधबार सूचना जारी गरेर यही साउन १९ गते जनैपूर्णिमाका दिन तेमाल नारायणस्थानस्थित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध सत्यनारायणको मन्दिरमा जनैपूर्णिमा मेलामा लाग्दै आएको जात्रा कोभिड–१९ को प्रभावका कारण सञ्चालन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।

सो मेलामा जात्रा हेर्नका लागि तेमाल, रोशी, कोशीपारिलगायत जिल्लाका विभिन्न स्थानबाट मान्छे आउने गर्थे ।

यसैबीच पाँचखाल नगरपालिकाले जनैपूर्णिमा र गाईजात्राका अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले सूचना जारी गर्दै आउँदो सोमबार १९ र मङ्गलबार २० गते सार्वजनिक बिदा दिइने जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ८ : १२ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि