लगातारको वर्षाले कैलालीका दर्जनौँ घर डुबानमा « Khabarhub

लगातारको वर्षाले कैलालीका दर्जनौँ घर डुबानमा


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- मंगलबारदेखिको वर्षा नरोकिपछि धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जन बढी घर डुबानमा परेका छन् ।

धनगढीको मालिका टोल, शिवनगर, कृष्णनगर, विशालनगर, मिलनचोक, उत्तरबेहडी, पुरानो भन्सार गाउँको दक्षिण पट्टीको बस्तीलगायतका अधिकांश घर तथा पसलभित्र पानी पसेर स्थानीयवासीको जनजीवनसमेत प्रभावित बनेको छ ।

धनगढी– २ मालिका टोलकी स्थानीय पार्वतीदेवी भट्टले घरभित्र पानी पसेर बस्न समस्या भएपछि छिमेकीको घरमा राति बास बस्नुपर्ने बाध्यता सुनाए ।

“सडक र नाली पूरै भरिएर घर डुबानमा परेको छ”, भट्टले भने, “घरभित्र दुई फिटजति पानी जम्मा भएर खाद्यान्न, लुगाकपडा भिजेका छन् भने खाना पकाउन समस्या भएको छ ।” उनले भने, “गोठका पशुचौपायासमेत सडक छेउछाउमा डो¥याएर राखेका छौँ ।”

पुराना वर्षौंदेखि पानीको निकासा हुने गरेका खोल्सा, कुलेशालगायतका भू–भाग अतिक्रमण गरेर बनाइएका घर तथा पूर्वाधार निर्माण हुनेक्रम बढेसँगै पानीको निकास हुने बाटो रोकिएकाले पनि हरेक वर्ष यहाँका बस्ती डुबानको चपेटामा पर्ने गरेका छन् ।

पानी निकास हुने नालाको व्यवस्थापन नभई सडक कालोपत्र हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेको धनगढीको विशालनगरका भोजराज जोशीको भनाइ छ । उनले विशालनगर वर्षौंदेखि डुबान हुँदै आइरहेको क्षेत्र भएकाले डुबानको मुक्तिबाट सुरक्षित रहन सर्वप्रथम पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको बताए ।

बजार आसपासका बस्ती मात्रै नभई मुख्य बजारका सडक पनि जलमग्न छ । एलेनचोक, रातोपुल, चटकपुर, शहीदगेट, प्रदेशसभा भवन अगाडी, पार्कमोडस्थल, विशालनगरलगायतका मूल सडकमै पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । स्थानीयवासीका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन् ।

त्यस्तै धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको यहाँका अगुवाको भनाइ छ ।

बुधबारदेखिको लगातारको वर्षा नरोकिएपछि वडा नं २ र ३ का दक्षिणका बस्ती नजिकै रहेको मोहना नदीको सतह बढेर गाउँमा फर्कने यहाँका स्थानीयवासीको चिन्ता छ । उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुबानको समस्या वर्षेनी दोहोरिने गरेको छ ।

धनगढी क्षेत्रमा विशेषगरी कैलाली नाला र सुकुटी नाला सबैभन्दा बढी अतिक्रमणमा परेका छन् । यी प्राकृतिक नाला अतिक्रमण हुँदा धनगढीका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ८ : ३२ बजे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौं – नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

सर्वपक्षीय बैठकमा कांग्रेसले उठायो सुरक्षा चुनौती र सरकारको जिम्मेवारीबारे प्रश्न

काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा