सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट | Khabarhub Khabarhub

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको जीत निकालेको छ ।

जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो ।

जमैकाको जितमा कार्लोस ब्रेथवेटले ३.४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए ।

विरसामी पेरुमलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिदा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

फिडेल एडवारर्ड्सले ४ ओभरमा ३९ रन खर्चेर २ विकट लिए । मुजिब उर रहमानले ४ ओभरमा १२ रनखर्चेर १ विकेट लिए ।

पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर फिडेल एडवार्ड्सले ओपनर क्रिस लिनलाई ८ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।

स्पिनर विरसामी पेरुमलले आठौं ओभरको पहिलो बलमा रामदिनलाई विकेटकिपर चाडविक वाल्टनबाट १३ रनमा क्याच गराए । पेरुमलकै १०औं ओभरमा ठूलो सट खेल्ने प्रयास गरेका ओपनर काइरन पवेल २१ रनमा स्टम्पिङ आउट भए ।

त्यसअघि नवौं ओभरको पहिलो बलमा कार्लोस ब्रेथवेटले बेन डंकलाई २ रनमा बोल्ड आउट गरे । ब्रेथवेटले नै रायद इम्रिटलाई ५ रनमा क्याच आउट गराए ।

एडवार्डसले निकलाई १६ रनमा बोल्ड आउट गरे । सन्दीपले इभिन लुईसलाई १६औं ओभरको पाँचौ बलमा रोभमान पवेलबाट २१ रनमा क्याच आउट गराए ।

त्यसअघि क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ रोजेको जमैकाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । ओपनर ग्लेन फिलिप्स ६१ बलमा २ चौका र ६ छक्का सहित ७९ रनमा अविजित रहेका थिए ।

जितसँगै जमैका ६ खेलमा ३ मा जित र ३ हारसहित तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : ४६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक

आज २०८२ साल कात्तिक ३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा