सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट « Khabarhub

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको जीत निकालेको छ ।

जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो ।

जमैकाको जितमा कार्लोस ब्रेथवेटले ३.४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए ।

विरसामी पेरुमलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिदा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

फिडेल एडवारर्ड्सले ४ ओभरमा ३९ रन खर्चेर २ विकट लिए । मुजिब उर रहमानले ४ ओभरमा १२ रनखर्चेर १ विकेट लिए ।

पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर फिडेल एडवार्ड्सले ओपनर क्रिस लिनलाई ८ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।

स्पिनर विरसामी पेरुमलले आठौं ओभरको पहिलो बलमा रामदिनलाई विकेटकिपर चाडविक वाल्टनबाट १३ रनमा क्याच गराए । पेरुमलकै १०औं ओभरमा ठूलो सट खेल्ने प्रयास गरेका ओपनर काइरन पवेल २१ रनमा स्टम्पिङ आउट भए ।

त्यसअघि नवौं ओभरको पहिलो बलमा कार्लोस ब्रेथवेटले बेन डंकलाई २ रनमा बोल्ड आउट गरे । ब्रेथवेटले नै रायद इम्रिटलाई ५ रनमा क्याच आउट गराए ।

एडवार्डसले निकलाई १६ रनमा बोल्ड आउट गरे । सन्दीपले इभिन लुईसलाई १६औं ओभरको पाँचौ बलमा रोभमान पवेलबाट २१ रनमा क्याच आउट गराए ।

त्यसअघि क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ रोजेको जमैकाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । ओपनर ग्लेन फिलिप्स ६१ बलमा २ चौका र ६ छक्का सहित ७९ रनमा अविजित रहेका थिए ।

जितसँगै जमैका ६ खेलमा ३ मा जित र ३ हारसहित तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : ४६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका