जर्मनीमा प्रतिबन्धका बाबजुद सयौँको प्रदर्शन, ३ सयभन्दा बढी पक्राउ « Khabarhub

जर्मनीमा प्रतिबन्धका बाबजुद सयौँको प्रदर्शन, ३ सयभन्दा बढी पक्राउ


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका बाबजुदमा जर्मनीमा सयौँ मानिस सडकमा उत्रिएका छन् ।

कोरोना रोकथामका नाममा सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै जर्मनीको राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरुले सरकारले लगाएको प्रतिबन्धहरु खारेज हुनुपर्ने माग गरेका छन् । कोरोना महामारी बढिरहेका बेला प्रदर्शन भएपछि प्रहरीले त्यसलाई रोक्ने प्रयत्न गरेको थियो । सो क्रममा झडपसमेत भएको छ ।

झडपमा प्रहरीले ३ सयभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । जर्मन अखबार डाएचे वेलेका अनुसार विरोध प्रदर्शनमा भएका झडपमा केही प्रहरी घाइते पनि भएका छन् ।

सुरूवाती चरणमा कोरोना भाइरसको नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो बनाइएलगत्तै संक्रमण फैलिन थालेपछि  जर्मनीमा फेरि कडाइ गरिएपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् ।

युरोपमा कोरोना भाइरसको संक्रमणले प्रभावित देशहरूको सूचिमा छैठौँ स्थानमा रहेको जर्मनीमा आइतबार यो समाचार तयार पार्दासम्म २ लाख ४२ हजार ८२४ जना संक्रमित भएका छन् । अहिलेसम्त त्यहाँ ९ हजार ३६३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : २६ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको