लोकगायक प्रेमराजा महत दम्पतीले ‘जिते’ कोरोना संक्रमण « Khabarhub

लोकगायक प्रेमराजा महत दम्पतीले ‘जिते’ कोरोना संक्रमण


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् ।

गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए ।

कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनामुक्त भएको जानकारी फेसबुकबाट नै दिएका छन् ।

मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूतसमेत रहेका महतले फेसबुकमा लेखेका छन्, ‘विश्वभरीका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो ।’

कोरोना संक्रमणपछि महत दम्पत्ति आफ्नै घरमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए ।

महतले सबैको गहिरो माया प्रेम, भगवान पशुपतिनाथ र ईष्टदेवी तनहुँ अवस्थित ढोर बाराहीमाईको कृपाका कारण आफूहरु कोरोनामुक्त भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ८ : १५ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली