रिया चक्रवर्तीसँग सोधपुछ गर्ने डीसीपी अभिषेकमा देखियो कोरोना | Khabarhub Khabarhub

रिया चक्रवर्तीसँग सोधपुछ गर्ने डीसीपी अभिषेकमा देखियो कोरोना


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा रिया चक्रवर्तीसँग सोधपुछ गर्ने मुम्बई प्रहरीका डीसीपी अभिषेक त्रिमुखेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

त्रिमुखेका परिवारका अन्य सदस्यमा पनि कोरोना देखिएको छ । रियासँग त्रिमुखेले फोनमा कुरा गरेको भन्दै सवाल पनि उठाइएको थियो ।

रियाको कल डिटेल्सका आधारमा सुशान्तको आत्महत्यापछि रियाले त्रिमुखेसँग चारपटक फोन सम्पर्क गरेको खुलेको थियो ।

सोधपुछका क्रममा रिया‌लाई पनि संक्रमण हुनसक्ने अनुमान गरिएको छ ।

कलाकार सुशान्त सिंह गत १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टमा घाँटीमा पासो लगाएर सास फेर्न गाह्रो भई ज्यान गएको देखिएको थियो ।

सुशान्तका पिताले रिया चक्रवर्तीका कारण आफ्नो छोराले ज्यान गुमाएको भन्दै प्रहरीमा उजुरी दिएपछि रिया विवादमा तानिएकी छिन् । यस विषयमा सीबीआईले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १२ : ०४ बजे

भान्सको निर्णायक मतले ट्रम्पले ल्याएको खर्च विधेयक सिनेटबाट पास

वाशिङटन – २४ घण्टा भन्दा लामो समय सिनेटमा छलफल भएपछि

म्याग्दीको ओखरबोटमा तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल