तीन महिनादेखि थन्कियो एक्सरे मेसिन « Khabarhub

तीन महिनादेखि थन्कियो एक्सरे मेसिन


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको बन्दीपुर अस्पतालको एक्सरे मेसिन तीन महिनादेखि बिग्रिदा सर्वसाधारण मर्कामा परेका छन् । अस्पतालको एक्सरे मेसिन बिग्रिदा सर्वसाधारणले निजी अस्पताल तथा क्लिनिकमा सेवा लिनुपर्ने बाध्यता छ ।

सरकारी अस्पतालको एक्सरे मेसिन बिग्रिएपछि सर्वसाधारणलाई समस्या भएको स्थानीयवासी बसन्त पौडेलले जानकारी दिए । “सरकारी अस्पतालमा कर्म खर्चमा सेवा लिन पाइनेमा तीन महिनादेखि मेसिन बिग्रिदा सर्वसाधारण डुम्रे पुगेर महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य छन्,” पौडेलले भने ।

बन्दीपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कुलदीप खत्रीले कोभिड–१९ का कारण भएको लकडाउनले गर्दा मेसिन बनाउन नसकिएको जानकारी दिए । “मेसिन बनाउन भरतपुर लगिएको थियो, सामान पाइएको छैन, लकडाउनका कारण समस्या भयो,” उनले भने ।

उनका अनुसार यस अगाडि दैनिक तीन चार जना सर्वसाधारण एक्सरे सेवाका लागि आउने गरेका थिए । बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले मेसिन बनाउनका लागि गाउँपालिकाले पनि पहल गरे पनि सम्भव नभएको जानकारी दिए ।

अस्पतालमा औषधि समेत अभाव हुन थालेको छ । औषधि अभावकै कारण अस्पतालले बिरामीलाई म्याद सकिन लागेको औषधि वितरण गरेको भेटिएको छ । अस्पतालमा परीक्षणपछि फार्मेसीबाट औषधि खरिद गर्नुभएकी स्थानीय एक महिलालाई फार्मेसीबाट १५ दिनको मात्रै म्याद भएको औषधि दिएको हो । दुई वर्ष पहिला उत्पादन भएको उक्त औषधिको म्याद यही अगष्ट महिनामा सकिंदैछ ।

अस्पतालका प्रमुख खत्रीले औषधि खरिद गर्नका लागि नयाँ खरीद प्रकृया अगाडि नबढेकाले अस्पतालमा केही औषधिहरु अभाव हुन थालेको बताए । “अस्पतालमा औषधि अभाव रहेकाले उहाँसँग सल्लाह गरेर नै १९ दिन बाँकी म्याद रहेको औषधि दिइएको हो, उहाँलाई उक्त औषधि १५ दिन प्रयोग गर्न भनिएको थियो,” उनले भने ।

उनका अनुसार नयाँ आर्थिक शुरु भएपछि औषधि खरिद प्रक्रिया शुरु गर्नुपर्ने भएपनि भदौ लागिसक्दा समेत गाउँपालिकाको तर्फबाट खरिद प्रक्रिया शुरु हुन सकेको छैन । “बीमाको औषधि पनि अभाव छ, खरीद प्रक्रिया अगाडि बढ्न लागेको छ भन्ने जानकारी पाएको छु,” उनले भने ।

बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले भने गाउँपालिकाले छिट्टै नै औषधि खरिद प्रकृया शुरु गर्न लागेको जानकारी दिए । साउन महिनामा नै खरिद प्रकृया शुरु गर्नुपर्ने भएपनि कोभिड–१९ का कारण सो काम गर्न नसकिएको उनले बताए । बन्दीपुर अस्पतालमा २८ जनाको दरबन्दी भएपछि स्थायी दरवन्दीमा १५ जना मात्रै कार्यरत छन् । बाँकी कर्मचारी अस्पताल व्यवस्थापन समिति मार्फत् करारमा राखिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १ : ३७ बजे

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको