तीन महिनादेखि थन्कियो एक्सरे मेसिन « Khabarhub

तीन महिनादेखि थन्कियो एक्सरे मेसिन


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको बन्दीपुर अस्पतालको एक्सरे मेसिन तीन महिनादेखि बिग्रिदा सर्वसाधारण मर्कामा परेका छन् । अस्पतालको एक्सरे मेसिन बिग्रिदा सर्वसाधारणले निजी अस्पताल तथा क्लिनिकमा सेवा लिनुपर्ने बाध्यता छ ।

सरकारी अस्पतालको एक्सरे मेसिन बिग्रिएपछि सर्वसाधारणलाई समस्या भएको स्थानीयवासी बसन्त पौडेलले जानकारी दिए । “सरकारी अस्पतालमा कर्म खर्चमा सेवा लिन पाइनेमा तीन महिनादेखि मेसिन बिग्रिदा सर्वसाधारण डुम्रे पुगेर महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य छन्,” पौडेलले भने ।

बन्दीपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कुलदीप खत्रीले कोभिड–१९ का कारण भएको लकडाउनले गर्दा मेसिन बनाउन नसकिएको जानकारी दिए । “मेसिन बनाउन भरतपुर लगिएको थियो, सामान पाइएको छैन, लकडाउनका कारण समस्या भयो,” उनले भने ।

उनका अनुसार यस अगाडि दैनिक तीन चार जना सर्वसाधारण एक्सरे सेवाका लागि आउने गरेका थिए । बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले मेसिन बनाउनका लागि गाउँपालिकाले पनि पहल गरे पनि सम्भव नभएको जानकारी दिए ।

अस्पतालमा औषधि समेत अभाव हुन थालेको छ । औषधि अभावकै कारण अस्पतालले बिरामीलाई म्याद सकिन लागेको औषधि वितरण गरेको भेटिएको छ । अस्पतालमा परीक्षणपछि फार्मेसीबाट औषधि खरिद गर्नुभएकी स्थानीय एक महिलालाई फार्मेसीबाट १५ दिनको मात्रै म्याद भएको औषधि दिएको हो । दुई वर्ष पहिला उत्पादन भएको उक्त औषधिको म्याद यही अगष्ट महिनामा सकिंदैछ ।

अस्पतालका प्रमुख खत्रीले औषधि खरिद गर्नका लागि नयाँ खरीद प्रकृया अगाडि नबढेकाले अस्पतालमा केही औषधिहरु अभाव हुन थालेको बताए । “अस्पतालमा औषधि अभाव रहेकाले उहाँसँग सल्लाह गरेर नै १९ दिन बाँकी म्याद रहेको औषधि दिइएको हो, उहाँलाई उक्त औषधि १५ दिन प्रयोग गर्न भनिएको थियो,” उनले भने ।

उनका अनुसार नयाँ आर्थिक शुरु भएपछि औषधि खरिद प्रक्रिया शुरु गर्नुपर्ने भएपनि भदौ लागिसक्दा समेत गाउँपालिकाको तर्फबाट खरिद प्रक्रिया शुरु हुन सकेको छैन । “बीमाको औषधि पनि अभाव छ, खरीद प्रक्रिया अगाडि बढ्न लागेको छ भन्ने जानकारी पाएको छु,” उनले भने ।

बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले भने गाउँपालिकाले छिट्टै नै औषधि खरिद प्रकृया शुरु गर्न लागेको जानकारी दिए । साउन महिनामा नै खरिद प्रकृया शुरु गर्नुपर्ने भएपनि कोभिड–१९ का कारण सो काम गर्न नसकिएको उनले बताए । बन्दीपुर अस्पतालमा २८ जनाको दरबन्दी भएपछि स्थायी दरवन्दीमा १५ जना मात्रै कार्यरत छन् । बाँकी कर्मचारी अस्पताल व्यवस्थापन समिति मार्फत् करारमा राखिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १ : ३७ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,