कोरोना संक्रमित थप ६ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमित थप ६ जनाको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा शनिबार बेलुका र आइतबार गरी थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा भक्तपुर, ललितपुर, पर्सा, रौतहट बारा, महोत्तरीका छन् ।

जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचारत एकजना २९ वर्षका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

साउन २८ देखि पाटन अस्पतालमा उपचारत ती पुरुषको शनिबार (भदौ १३ गते) राति १० बजे मृत्यु भएको हो ।

यस्तै भक्तपुरमा होम आइसोलेसनमा रहेका ६५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका ती पुरुषमा भदौ ११ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

ती पुरुषमा पहिलादेखि नै मधुमेह र उच्च रक्तचापको समस्या थियो । ती पुरुषको पनि शनिबार राति मृत्यु भएको भक्तपुर नगरपालिका–१ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले बताए ।

यस्तै वीरगञ्ज आइतबार बिहान थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार रौतहटका ४० वर्षका पुरुषको गण्डक कोभिड अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो । भदौं १२ गते नारायणी अस्पतालमा उपचारत ती पुरुषमा कोरोना पुष्टि भएपछि सोही दिन गण्डक कोभिड अस्पतालमा सारिएको थियो ।

उनको आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको डा सिंहले बताए ।

यस्तै महोत्तरीका २ जना कोरोना संक्रमतिको शनिबार मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रवक्ता विरेन्द्र कुमार झाका अनुसार

पिपरा गाउँपालिक–७का ७० वर्षीय पुरुष र मंगहा नगरपालिका–१ का ३५ वर्षका एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षका पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार मृत्यु भएको र शनिबार नै कोरोनाको रिपोर्ट पोजेटिभ आएको झाको भनाइ छ ।

यस्तै ३५ वर्षीय पुरुषको भने शुक्रबार मृत्यु भएको र मृत्युपछि कोरोना पुष्टि भएको हो ।

यस्तै नवलपरासीपूर्वका एकजना ६२ वर्षका पुरुषको पनि चितवनमा मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीय बृद्धको उपचारका क्रममा शनिबार साँझ ५:५० बजे चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

ती पुरुषलाई चितवन मेडिकल कलेजमा भदौ ४ गत भर्ना गरिएको थियो।

उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  २ : १५ बजे

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ