बुधबार सोह्र श्राद्ध सुरू, भर्चुअल माध्यमबाट हुने श्राद्धमा विधी नपुग्ने विज्ञको भनाइ « Khabarhub

बुधबार सोह्र श्राद्ध सुरू, भर्चुअल माध्यमबाट हुने श्राद्धमा विधी नपुग्ने विज्ञको भनाइ


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा गरिने सोह्र श्राद्ध यस वर्ष यही भदौ १७ गते बुधबार सुरू हुदैछ ।

सोह्र श्राद्धमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ । यस वर्ष विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले प्रशासनले सतर्कता अपनाउ आग्रह गर्दै आएको छ ।

कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्नुपर्ने भएकाले हाल काठमाडौँ उपत्यका लगायतका ४९ वटा जिल्लामा निषेधाज्ञा छ । सबैतिर ब्राह्मण अर्थात् पुरोहित जजमान (श्राद्धकर्ता) का घरमा जान सक्ने वातावरण छैन । ब्राह्यमण नै नआउने भएपछि दिवंगत पितृको नाममा के गर्ने भन्ने चिन्ता पनि जजमानहरूमा छाएको छ ।

केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिक रुपमा सूचना समेत जारी गरेका छन् । तर, धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतम विद्युतीय माध्यमबाट श्राद्ध गराउन गरिएको आह्वान शास्त्रसम्मत नभएको बताउँछन् । शास्त्रीय मान्यता अनुसार मरणपछि गरिने काजक्रिया र सोह्रश्राद्ध रोक्न नमिल्ने उनले बताए ।

जजमानलाई विधि ज्ञात भएको खण्डमा भाञ्जा, ज्वाइँ लगायतलाई राखेर श्राद्ध गर्न सकिने बताउँछन् । तर, विद्युतीय माध्यमबाट श्राद्ध गर्न कुश कसरी बनाउने, कुशबाट बनाइने पवित्र, मोटक, कुशबाटै प्रतिकका रूपमा बनाइने ऋषि कसरी बनाउनेजस्ता समस्या आइल्ने उनले बताए ।

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा.डा गौतमले बताए ।

भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुझाए ।

सोह्र श्राद्ध गर्न चारदेखि पाँच घण्टा लाग्ने भएकाले विद्युत् सूर्योदय र सूर्यास्तकाबीच जस्तो बत्ती २४ सै घण्टा नहुने भएकाले भर्चुअल माध्यमबाट गराइने सोह्र श्राद्धको विधि पूरा नहुने कतिपय विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ३ : ३९ बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको