बुधबार सोह्र श्राद्ध सुरू, भर्चुअल माध्यमबाट हुने श्राद्धमा विधी नपुग्ने विज्ञको भनाइ « Khabarhub

बुधबार सोह्र श्राद्ध सुरू, भर्चुअल माध्यमबाट हुने श्राद्धमा विधी नपुग्ने विज्ञको भनाइ


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा गरिने सोह्र श्राद्ध यस वर्ष यही भदौ १७ गते बुधबार सुरू हुदैछ ।

सोह्र श्राद्धमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ । यस वर्ष विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले प्रशासनले सतर्कता अपनाउ आग्रह गर्दै आएको छ ।

कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्नुपर्ने भएकाले हाल काठमाडौँ उपत्यका लगायतका ४९ वटा जिल्लामा निषेधाज्ञा छ । सबैतिर ब्राह्मण अर्थात् पुरोहित जजमान (श्राद्धकर्ता) का घरमा जान सक्ने वातावरण छैन । ब्राह्यमण नै नआउने भएपछि दिवंगत पितृको नाममा के गर्ने भन्ने चिन्ता पनि जजमानहरूमा छाएको छ ।

केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिक रुपमा सूचना समेत जारी गरेका छन् । तर, धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतम विद्युतीय माध्यमबाट श्राद्ध गराउन गरिएको आह्वान शास्त्रसम्मत नभएको बताउँछन् । शास्त्रीय मान्यता अनुसार मरणपछि गरिने काजक्रिया र सोह्रश्राद्ध रोक्न नमिल्ने उनले बताए ।

जजमानलाई विधि ज्ञात भएको खण्डमा भाञ्जा, ज्वाइँ लगायतलाई राखेर श्राद्ध गर्न सकिने बताउँछन् । तर, विद्युतीय माध्यमबाट श्राद्ध गर्न कुश कसरी बनाउने, कुशबाट बनाइने पवित्र, मोटक, कुशबाटै प्रतिकका रूपमा बनाइने ऋषि कसरी बनाउनेजस्ता समस्या आइल्ने उनले बताए ।

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा.डा गौतमले बताए ।

भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुझाए ।

सोह्र श्राद्ध गर्न चारदेखि पाँच घण्टा लाग्ने भएकाले विद्युत् सूर्योदय र सूर्यास्तकाबीच जस्तो बत्ती २४ सै घण्टा नहुने भएकाले भर्चुअल माध्यमबाट गराइने सोह्र श्राद्धको विधि पूरा नहुने कतिपय विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ३ : ३९ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका