भक्तपुर लोकन्थलीका एक कोरोना संक्रमित पुरुषको मृत्यु « Khabarhub

भक्तपुर लोकन्थलीका एक कोरोना संक्रमित पुरुषको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका उनको आज दिउँसो मृत्यु भएको हो ।

पाल्पा स्थायीघर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीय पुरुषको लोकन्थलीस्थित समिट अस्पतालमा आज मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

सङ्क्रमितका परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उनले उनीहरुको एक सातामा पीसीआर परीक्षण गरिने बताए ।

श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा हिजो रिपोर्ट पोजेटिभ आएको  जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएका पुरुषको आज दिउँसो उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव नेपाली सेनाको वीर दल गणको शव व्यवस्थापन टोलीले पशुपतिस्थित विद्युतीय शवहाद गृहमा व्यवस्थापन गरिएको गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिए ।

यसअघि उच्च रक्तचाप र मधुमेहलगायतको औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरुषको गएराति होम आइसोलेसनमा मृत्यु भएको थियो । भक्तपुरमा हालसम्म चार महिला र चार पुरुष गरी ८ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : ०३ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट