भक्तपुर लोकन्थलीका एक कोरोना संक्रमित पुरुषको मृत्यु « Khabarhub

भक्तपुर लोकन्थलीका एक कोरोना संक्रमित पुरुषको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका उनको आज दिउँसो मृत्यु भएको हो ।

पाल्पा स्थायीघर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीय पुरुषको लोकन्थलीस्थित समिट अस्पतालमा आज मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

सङ्क्रमितका परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उनले उनीहरुको एक सातामा पीसीआर परीक्षण गरिने बताए ।

श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा हिजो रिपोर्ट पोजेटिभ आएको  जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएका पुरुषको आज दिउँसो उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव नेपाली सेनाको वीर दल गणको शव व्यवस्थापन टोलीले पशुपतिस्थित विद्युतीय शवहाद गृहमा व्यवस्थापन गरिएको गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिए ।

यसअघि उच्च रक्तचाप र मधुमेहलगायतको औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरुषको गएराति होम आइसोलेसनमा मृत्यु भएको थियो । भक्तपुरमा हालसम्म चार महिला र चार पुरुष गरी ८ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : ०३ बजे

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले