चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो « Khabarhub

चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ ।

काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा आजसम्म कोरोना सङ्क्रमितको सो सङ्ख्या पुगेको हो ।

नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्र ९१ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिए पनि ४७ व्यक्ति डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए ।

नगरपालिकाका अनुसार वडा नं १ मा दुई, वडा नं २ मा एक, वडा नं ३ मा पाँच, वडा नं ४ मा तीन, वडा नं ५ मा चार, वडा नं ६ मा चार, वडा नं ७ मा पाँच, वडा नं ८ मा १०, वडा नं ९ मा छ, वडा नं १० मा सात, वडा नं ११ मा १०, वडा नं १२ मा १२, वडा नं १३ मा सात, वडा नं १४ मा चार र वडा नं १५ मा १० सङ्क्रमित देखिएका छन् ।

सोमध्ये वडा नं १ मा एक, वडा नं ३ मा चार, वडा नं ४ मा दुई, वडा नं ५ मा एक, वडा नं ६ मा दुई, वडा नं ७ मा दुई, वडा नं ८ मा पाँच, वडा नं ९ मा तीन, वडा नं १० मा तीन, वडा नं ११ मा नौ, वडा नं १२ मा आठ, वडा नं १३ मा एक, वडा नं १४ मा एक र वडा नं १५ मा पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

नगरपालिकामा रहेका सक्रिय सङ्क्रमितमध्ये २१ जनाको उपत्यकाका विभिन्न अस्पताल र २३ जनाको होम आइसोलेसमा उपचार भइरहेको जनाइएको छ । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

नगरपालिकाभित्रका १५ वटै वडामा पीसीआर परीक्षण बढाइएको नगरप्रमुख गिरीले बताउनुभयो । चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : ११ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका