ललितपुर महानगरद्वारा हाछेथुलाई नगर प्रहरी प्रमुखमा नियुक्त « Khabarhub

ललितपुर महानगरद्वारा हाछेथुलाई नगर प्रहरी प्रमुखमा नियुक्त


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताए।

‘उहाँको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित छन’, नगर प्रमुख महर्जनले भने, ‘त्यसैले ल्याएका हौं।’

ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यन्वयन गर्न विज्ञका रुपमा हाछेथुलाई नियुक्त गरिएको नगर प्रमुख महर्जनले स्पष्ट पारे।

हाछेथु २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका हुन्। २९ वर्ष यसै क्षेत्रका बिताएका हाछेथुले नयाँ जिम्मेवारीले थप केही गर्ने ऊर्जा मिलेको बताए।

हाछेथूले महानगरको नीति र निर्देशनअनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन काम गर्ने बताए।

उनले भने, ‘ललितपुरका मेयर चिरिबाबु महर्जनले विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ, जिम्मेवारी पूरा गर्छु।’

उनले ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ८ : ३९ बजे

मनको आशा निभेपछि शरीरमा दन्किएको त्यो आगो

आत्मदाहलाई केवल मानसिक स्वास्थ्यको समस्यामा सीमित गरेर व्याख्या गर्नु जति

अर्जेन्टिनालाई हराएपछि स्पेनिस प्रशिक्षक भन्छन्- ‘विश्वकप विजयी यात्रामा गर्व छ’

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि जितेपछि स्पेनिस टोलीका

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक बस्दैछन्

चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्‍याएकाे  क्षतिबापत एक

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो