६५ मिलियन पाउण्डमा सिटीले भित्र्यायो डायस « Khabarhub

६५ मिलियन पाउण्डमा सिटीले भित्र्यायो डायस


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बेनिफिकाका डिफेन्डर रुबेन डायसलाई अनुबन्ध गरेको छ । बुधबार बिहान सिटीले डिफेन्डरलाई ६ वर्षका लागि टिममा अनुबन्ध गरेको जनाएको हो ।

२३ वर्षीय याडसका लागि सिटीले ६५ मिलियन पाउण्ड खर्च गरेको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो सिजनमा डायससहित तीन जना खेलाडीलाई टिममा अनुबन्ध गरेका हुन् ।

यसअघि उनले डिफेन्डरमा नाथन आके र फरवार्डमा फेरान टोरेसलाई अनुबन्ध गरेका थिए । सिटीसँग आवद्ध भएपछि डायसले आफूले क्लबलाई पछि पर्न नदिने बताएका छन् ।

‘म्यान्चेस्टर सिटी जस्तो क्लबमा आवद्ध हुने अवसर पाएकोमा उत्साहित छु । मैले क्लबलाई पछि पर्न दिनेछैन,’ डायसले भनेका छन् ।

राम्रो टीम र विश्व स्तरका प्रशिक्षकसँग खेल्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको उनले बताएका छन् ।

पोर्चुगलका राष्ट्रिय टोलीका खेलाडी डायसले बेनिफिकाको एकेडेमीबाट आएका खेलाडी हुन् । उनले बेनिफिकाका लागि १ सय १३ खेल खेलेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ७ : ४८ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर