लुटपाट गर्ने दुई जना पक्राउ « Khabarhub

लुटपाट गर्ने दुई जना पक्राउ


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ – प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन ।

प्रहरीले उनीहरुको साथबाट ३ लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल २ थान, २२० सि.सि.को पल्सर मोटरसाइकल १ थान र पर्स २ थान समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एक जनालाई डलर साट्ने बहानामा ५ लाख रुपैंयाँ लुटपाट गरी फरार भएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सङ्लग्न दुई जनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

गत साउनदेखि डलर साट्ने बहानामा यहाँ लुटपाट भएको यो छैंठौँ घटना हो । सस्तो दरमा डलर साट्ने बहानामा गत साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ बोडेमा ३ लाख, वडा न ५ मा साउन १९ गते ४ लाख, वडा २ मा गत भदौ ३१ गते ५ लाख, वडा ९ बोडेमा यही असोज ६ गते ९ लाख ८० हजार रुपैंयाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : ०२ बजे

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न