मैले सबै बार्सिलोनाका लागि गरेको हुँ – मेस्सी « Khabarhub

मैले सबै बार्सिलोनाका लागि गरेको हुँ – मेस्सी


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो प्राथमिकतामा क्लब रहेको बताएका छन् ।

अगस्टको मध्यतिर बार्सिलोना छाड्न क्लबलाई मेल पठाएका मेस्सीले आफ्नो पहिलो प्राथमिकतामा बार्सिलोना नै रहेको बताएका छन् ।

उनले क्लबसँगको सम्बन्ध जे जस्तो भए पनि यो सिजन बार्सिलोनाबाट राम्रोसँग बिताउने बताएका छन् ।

‘जति धेरै असहमति भए पनि मैले यो सिजन यहीँबाट टुङ्ग्याउने योजना बनाएको छु, ’ मेस्सीले स्पोर्टससँगको अन्तवार्तामा भने, ‘बार्सिलोनाका सबैले एक भएर अगाडि राम्रो हुने अपेक्षासहित जानुपर्छ ।’

मेस्सीले उद्देश्य प्राप्तिका लागि सबै एकता र माथि उठाउने मार्ग अनुसरण गर्नुपर्ने बताएका छन् ।  ‘हाम्रो उद्देश्य प्राप्तिका लागि धैर्य र उत्साह राख्नुपर्छ, सधै एकता भए माथि उठ्न सकिन्छ,’ उनले भनेका छन् ।

मेस्सीले आफ्नो कमजोरीका लागि जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारेका छन् । त्यति मात्रै होइन उनले क्लबलाई बलियो बनाउन सबै एक भएर अगाडि बढ्दा त्यो सम्भव रहेको बताएका छन् ।

मेस्सीले आफ्ना र क्लबका समर्थकलाई सन्देश दिँदै भनेका छन्, ‘यदि कसैलाई मेरो व्यवहार र कसनै क्षणले दु:खी बनाएको छ भने त्यसमा धेरै शंका नगर्नुस्, मैले जहिले क्लबको भलाइका लागि सोचेको हुँ ।’

बार्सिलोनाले ला लिगाको यो सिजनको सुरुवात जीतसँगै गरेको छ । आफ्नो पहिलो खेलमा भिल्लारियललाई ४–०गोलले पराजित गर्दा मेस्सीले एक गोल गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : १६ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले