थियागोलाई कोरोना संक्रमण « Khabarhub

थियागोलाई कोरोना संक्रमण


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थिआगो अलकान्त्रालाई नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

२९ वर्षीय मिडफिल्डरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका छन् ।

यही सिजनमा जर्मन क्लब बार्यन म्युनिखबाट लिभरपुलमा अनुबन्ध भएका उनले लिभरपुलबाट डेब्यु गरिसकेका छन् । चेल्सीसँगको खेलमा टिमबाट डेब्यु गरेका उनी सब्स्टीच्युडका रुपमा मैदान प्रवेश गरेका थिए ।

कोरोना भाइरसकै कारण उनले मंगलबार भएको आर्सनलविरुद्धको प्रिमियर लिगको खेल गुमाएका थिए ।

थियोगोबारे लिभरपुलले भनेको छ, ‘थियागोलाई सामान्य लक्ष्यण देखिएको छ तर स्वास्थ्य राम्रो छ र उनी निको हुँदैछन् ।’

क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले कोभिड–१९ विरुद्धका सबै किसिमका प्रोेटोकल फलो गरेको छ र थियागो आवश्यक पर्ने समयसम्मका लागि सेल्फ आइसोलेसनमा बसिसकेका छन् ।’

सोमबार मात्रै प्रिमियर लिगले पछिल्लो समय चेकजाँच गरेकामध्ये १० जना खेलाडीमा कोरोना भाइरस पुष्टि भएको बताएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १ : १५ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर