थियागोलाई कोरोना संक्रमण « Khabarhub

थियागोलाई कोरोना संक्रमण


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थिआगो अलकान्त्रालाई नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

२९ वर्षीय मिडफिल्डरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका छन् ।

यही सिजनमा जर्मन क्लब बार्यन म्युनिखबाट लिभरपुलमा अनुबन्ध भएका उनले लिभरपुलबाट डेब्यु गरिसकेका छन् । चेल्सीसँगको खेलमा टिमबाट डेब्यु गरेका उनी सब्स्टीच्युडका रुपमा मैदान प्रवेश गरेका थिए ।

कोरोना भाइरसकै कारण उनले मंगलबार भएको आर्सनलविरुद्धको प्रिमियर लिगको खेल गुमाएका थिए ।

थियोगोबारे लिभरपुलले भनेको छ, ‘थियागोलाई सामान्य लक्ष्यण देखिएको छ तर स्वास्थ्य राम्रो छ र उनी निको हुँदैछन् ।’

क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले कोभिड–१९ विरुद्धका सबै किसिमका प्रोेटोकल फलो गरेको छ र थियागो आवश्यक पर्ने समयसम्मका लागि सेल्फ आइसोलेसनमा बसिसकेका छन् ।’

सोमबार मात्रै प्रिमियर लिगले पछिल्लो समय चेकजाँच गरेकामध्ये १० जना खेलाडीमा कोरोना भाइरस पुष्टि भएको बताएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १ : १५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले