ट्रम्प र बाइडेनबीच बहस शुरु « Khabarhub

ट्रम्प र बाइडेनबीच बहस शुरु


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन– अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच बहस शुरु भएको छ ।

दुई उम्मेदवारबीच पहिलोपटक ओहायोको क्लिभल्याण्डबाट बहस भएको हो । उक्त बहस प्रत्यक्ष प्रसारण गरिएको छ ।

ट्रम्प र बाइडेनबीचको बहस अमेरिकी अर्थतन्त्र, कोरोना भाइरसको संक्रमण र सर्वोच्च अदालत लगायतका विषयमा केन्द्रित हुने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

हालै राष्ट्रपति ट्रम्पले कर छलेको समाचार सार्वजनिक भएको थियो । यता बाइडेनले बहस शुरु हुनुभन्दा केही घण्टाअघि आफ्नो कर विवरण सार्वजनिक गरेका थिए ।

बाइडेनले सन् २०१९ मा करिब ३ लाख डलर कर तिरेको बताइएको छ । द न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले सन् २०१६ मा ७५० डलर आयकर तिरेका थिए ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : १४ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को