मलेसियामा नेपालीलाई बन्धक बनाएको आरोप लागेका डेविट काठमाडौंबाट पक्राउ « Khabarhub

मलेसियामा नेपालीलाई बन्धक बनाएको आरोप लागेका डेविट काठमाडौंबाट पक्राउ


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी)को टोलीले श्रेष्ठलाई काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

सीआईवीका प्रमुख डीआईजी सहकुल थापाका अनुसार श्रेष्ठले मलेसियामा श्रीमतीसहितको सहयोगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुल गरेको अनुसन्धानबाट खुलेको छ ।

ब्युरोको अनुसन्धानमा श्रेष्ठ, भुटान माईतीघर भएकी धनमाया श्रेष्ठ तथा श्याम नेपाली समेतले डेभिडको योजना बमोजिम मलेसियामा कार्यरत रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीलाई फोन गरेर साठी हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको १५ लाख ९२ हजार रकम असुलेर अपहरण मुक्त गरेको खुलेको छ ।

उनीहरूले रैदासको राहदानी आफ्नो कब्जामा लिई पीडितलाई नेपाल आउनसमेत नदिई बन्धक बनाइराखेको जाहेरी परेपछि ब्युरोले कारवाही थालेको थापाले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  २ : ४० बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले