फ्रान्सको एक चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या « Khabarhub

फ्रान्सको एक चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ ।

आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

निस शहरको नोट्रे डाम बासिलिकमा भएको यो घटनामा एक जनाको टाउको नै काटिएको छ । २१ वर्षका ती आक्रमणकारी प्रहरीको गोली लागेर गम्भीर घाइते भएका छन् ।

तस्वीर : ईपीए

केही दिनअघि ट्यूनिसियाबाट आएका ती आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजातसमेत रहेको प्रहरीले जनाएको छ ।

आप्रवासी पानी जहाजबाट इटालीको लाम्पेदुसामा गएको महिना पुगेपछि ती व्यक्तिले रेडक्रसको कागजात पाएका थिए ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनामा इस्लामिक आतंकवादीको हात रहेको बताएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : ५१ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति