फ्रान्समा एलिट खेलकुद बाहेक सबै खेल गतिविधि स्थगित « Khabarhub

फ्रान्समा एलिट खेलकुद बाहेक सबै खेल गतिविधि स्थगित


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा महिला तथा पुरुष फ्रेन्च कपका प्रतिस्पर्धात्मक खेल गतिविधि रोक्ने निर्णय भएको छ।

फ्रान्स सरकारले देशमा कोरोना महामारी बढीरहेको भन्दै खेल गतिविधिसमेत रोक्न भनेपछि १ डिसेम्बर सम्मका लागि फुटबल गतिविधि तत्कालका लागि स्थगित भएको छ।

एमेच्युअर फुटबल भने जारी रहने फ्रान्स फुटबल फेडेरेसनले (एफएफएफ)ले जनाएको छ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले नोभेम्बर अन्तिमसम्मका लागि देश लकडाउन गर्ने घोषणा गरेका छन्।

पुरुषतर्फका शीर्ष तीन लिग लिग वान, लिग टु, दी नेसनल, महिलातर्फका शीर्ष खेलहरु भने जारी रहनेछन्।

खेलकुद मन्त्री रोजाना मारासिनेयुले एलिट खेलकुद क्लोज डोरमा हुने बताएका छन्।

`एफएफएफले सबै लिग, जिल्ला राष्ट्रिय च्याम्पियनसिपका प्रतिस्पर्धा नेसनल ३, नेसनल २, महिलातर्फ वुमन डि२, महिला र पुरुषको फ्रेन्च कप, नेसनल युथ च्याम्पियनसिप (महिला र पुरुष) डिसेम्बर १ सम्म स्थगित हुनेछन्,´ विज्ञप्तिमा भनिएको छ।

फ्रान्समा शुक्रबारदेखि अति आवश्यक काम बाहेक सर्वसाधारणका लागि हिडडुलमा कडाइ गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ५७ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार