अभ्यासमा फर्किएपछि खेलाडी भन्छन्- बल्ल घर फर्किए जस्तो भयो « Khabarhub

अभ्यासमा फर्किएपछि खेलाडी भन्छन्- बल्ल घर फर्किए जस्तो भयो


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण दशरथ रंगशालामा बिहीबारबाट सुरु भएको छ।

फागुन अन्तिम सातादेखि घरमा बन्द अवस्थामा रहेका खेलाडी मैदान उत्रदा खुशी छन्।

उनीहरु अहिलेको बंगलादेश टुरलाई सम्झनलायक बनाउने योजनामा छन् । लामो त्रासपछि शुरु भएको अभ्यासको पहिलो दिन बिहीबार प्रशिक्षक बाल गोपाल महर्जनले खेलाडीको फिटनेसलाई नियाल्दै अभ्यास सुरु गराएको बताए ।

बंगबन्धु गोल्डकप, साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा नेपाललाई प्रशिक्षण गरिसकेका  महर्जन यसपटक नियमित प्रशिक्षक योहान कालिन देश बाहिर हुँदा टोलीको नेतृत्व सम्हाल्नेछन्।

सात महिनाभन्दा बढी घरमा बस्दा कुज्जीएका खेलाडी व्यवस्थापनले अपेक्षा गरेअनुरूप फिट नरहेको प्रशिक्षक महर्जन बताउँछन् ।

‘लामो समय खेलाडी घरमा बस्दा फिटनेस घटेको छ । त्यो मेन्टेन गर्न पनि अहिले प्राविधिक रुपमा कठिन छ । तर, पनि सम्भव भएसम्म फिटनेसलाई मध्यनजर गर्दै अभ्यास गर्छौ,´ प्रशिक्षक महर्जनले भने, ‘खेलाडी मैदान उत्रदा खुसी छन्। त्यो सकारात्मक कुरा हो।´

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको मितिमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल्नै पर्ने खेल पनि हो । यो खेलको नतिजाले विश्व वरियतामा प्रभाव पार्नेछ।

एन्फाले अभ्यास सुरु गर्न ढिला गरिरहँदा एन्फा मात्रै नभएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारकै कमजोरी औँलाउन थालिएको छ । लामो समयसम्म कोरोना महामारीलाई कारण देखाउँदै बसेका कारण अहिले अभ्यासका लागि पनि समय कम भएको फुटबल क्षेत्रका जानकार बताउँछन्।

प्रशिक्षक महर्जन नेपालले बंगलादेश सँग यसअघि खेलेका खेलमा नतिजा आफ्नो पक्षमा पार्दै आएको र यसपटक पनि दुवै खेल जित्ने लक्ष्य रहेको बताएका छन्।

`बल्ल घर फर्किए जस्तो भयो´

नेपाली राष्ट्रिय टीमका गोलरक्षक विकेश कुथुले लामो समयपछि मैदान फर्कन पाउँदा `लामो समयपछि घर फर्किएको´ महसुस भएको बताएका छन्।

पटक पटक अभ्यास सुरु गर्ने खेलाडीले आफ्नो स्तरबाट पहल गर्दै अहिले अभ्यास सुरु भएको छ। तर, यो पनि बाध्यात्मक अवस्थामा सुरु गरेजसरी भइरहेको छ। त्यसमा पनि खेलाडीहरू उत्साहका साथ अभ्यास गरिरहेका छन्।

`बल्ल आफ्नो घर फर्किए जस्तो भयो । राष्ट्रिय टोलीको अभ्यास सुरु भयो। अब विस्तारै घरेलु लिग पनि फर्केला भन्ने आशा छ। हामी सीमित खेलाडी मैदान फर्कने अवसर पाएका छौँ। अन्य लिग खेल्न सयौं खेलाडी घरमा छन्,´ विकेशले भने।

एन्फाले बीचमै स्थगित भएको बि डिभिजन लिग, बाँकी रहेको सि डिभिजन लिगहरु पनि क्रमश सुरु गर्नु पर्नेमा विकेशले जोड दिएका छन्।

`अधिकाशं खेलाडी फिट छन्। सबै फिट छैनन् पक्का हो,´ खेलाडीहरूको फिटनेसबारे विकेशले भने।

कोरोनाको असर

राष्ट्रिय टोलीको ३४ जनाको प्रारम्भिक  टोलीका ५ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ती पाँच जनामा केही खेलाडी नियमित टीमका सदस्य रहेका छन्। उनीहरु टीममा नहुँदा उनीहरुको अभाव देखिन सक्ने प्रशिक्षक महर्जन बताउँछन् ।

`टीमका नियमित सदस्य नहुँदा केही असहज हुन्छ तर, पनि हामी उपलब्ध खेलाडीबाट राम्रो टीम बनाउने प्रयास गर्ने छौं,´ मुख्य प्रशिक्षक महर्जनले भने।

अब नेपालमा ५/७ दिन अभ्यास गरेर नेपाली टोली बंगलादेश प्रस्थान हुनेछ। त्यहाँ गएर पनि केही दिन अभ्यास गर्नेछ।

नेपालले बंगलादेशसँग नोभेम्बर १३ र १७ मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : ५५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा