पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण « Khabarhub

पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पोखरा महानगरमा सङ्क्रमित हुनेमा वडा नं १ का एक पुरुष, ३ का दुई पुरुष, ४ का दुई पुरुष तथा तीन महिला, ५ की एक महिला, ६ का एक पुरुष, ७ का एक पुरुष तथा तीन महिला, ८ का दुई पुरुष तथा एक महिला र ९ का एक पुरुष तथा दुई महिला छन् ।

त्यस्तै १० की एक महिला, ११ का एक पुरुष, १२ की एक महिला, १५ का तीन पुरुष, १६ का तीन पुरुष, १७ का दुई पुरुष तथा दुईृ महिला, १८ का दुई पुरुष, २५ का एक पुरुष, २६ की एक महिला, २७ की एक महिला तथा वडा नखुलेका १४ पुरुष तथा ६ महिला रहेका छन् ।

त्यसैगरी स्याङ्जाका पालिका नखुलेका १ पुरुष तथा दुई महिला, तनहुँका पालिका नखुलेका दुई पुरुष तथा एक महिला, व्यास १ का एक पुरुष, ३ का १ पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला, पर्वतका पालिका नखुलेका एक पुरुष लमजुङ राइनास १ का एक पुरुष, सुन्दरबजारका वडा नखुलेका एक पुरुष, गोरखा सिरानचोक ४ का एक पुरुष र पालुङटार ८ का एक पुरुष, ३ का एक पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला छन् ।

त्यस्तै नवलपुर कावासोती १ का एक पुरुष, ३ का एक पुरुष, ५ का एक पुरुष, ८ का दुई पुरुष तथा एक महिला, ११ की एक महिला, १२ का एक पुरुष, १४ की एक महिला, १७ का एक पुरुष, गैँडाकोट २ का चार पुरुष तथा १ महिला, ४ का एक पुरुष, ८ की एक महिला, १७ की एक महिला, मध्यविन्दु ६ का दुई पुरुष, ७ की एक महिला र विनयत्रिवेणी ४ का एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार १४५ पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ०६ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक