संगीताको चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनोट « Khabarhub

संगीताको चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनोट


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’ मा प्रदर्शन गरिने भएको छ ।

बाल यौन शोषणमाथि आधारित यो लघु चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ ।

कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो चलचित्र स्क्रिनिङ हुने निर्देशक श्रेष्ठले जानकारी दिइन् ।

‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनोट हुँदा एकदम खुशी छु,’ उनले भनिन् । उनले आफूले उठान गरेको विषय संसारभर पुग्ने भन्दै खुशी व्यक्त गरिन् ।

यो लघु चलचित्रमा सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा समेटिएको छ । आइसक्रिम’ले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ ।

श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । यद्यपि पहिलो स्क्रिनिङ भने ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा हुने भएको हो ।

नौ मिनेट लामो चलचित्रमा भूमिका योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । निर्देशक श्रेष्ठ सञ्चारकर्मी समेत हुन् । उनले एक फिचर फिल्म ‘कथा काठमाण्डु’ को निर्देशन गरिसकेकी छिन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : १६ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण