चाडपर्वका नाममा सडकमै व्यापार « Khabarhub

चाडपर्वका नाममा सडकमै व्यापार


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढदै गएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने लालबन्दी, हरिवन, वाग्मतीलगायत भित्री सडकखण्डका सडककै दुवैतर्फ फलफूल तरकारी र बच्चाका खेलौना राख्ने तथा सडकमै ठेला, रिक्सा, अटो लगाएपछि दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताए ।

चाडपर्वको समयमा मानिस तथा सवारीहरूको भीडभाड अनि आपराधिक गतिविधि हुनसक्ने आशङ्का रहे पनि यसरी सडकमै व्यापार व्यावसाय गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या हुनुका साथै दुर्घटना दिनप्रतिदिन बढिरहेको ट्राफिक प्रहरी प्रमुख दोङले बताए ।

अहिले सडकमै सार्वजनिक बस, अटो रिक्सासहित ठेला, सडकपेटीमा पसल सञ्चालन गरेपछि आम सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिनाइ भएको छ । स्थानीय पसले एवं स्थानीयवासीले समेत सडकछेउमै ठेला पसल, फुटपाथ पसल सञ्चालन गरेपछि पैदलयात्रा गर्नसमेत कठिनाइ भएको पैदलयात्री महेन्द्र महतोले बताए ।

लालबन्दी नगरपालिकाले समन्वय नगर्दा ट्राफिक प्रहरी तथा नेपाल प्रहरीलाई समेत सडकपेटीका पसलेहरू, रिक्सावालाले नटेरेको गुनासो ट्राफिक प्रहरीको छ । नगरपालिका प्रमुख मानबहादुर खड्काले व्यवस्थापनको काम भइरहेको तर अहिले चाडपर्वको समय भएकाले तत्कालै निर्णय गर्न नसकिएको बताए ।

उता जिल्लाभरिका सबै बजार र सडकको अवस्था त्यस्तै रहेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : १८ बजे

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम