साउदीले बैंक नोटमा राखेको नक्साप्रति भारतको आपत्ति « Khabarhub

साउदीले बैंक नोटमा राखेको नक्साप्रति भारतको आपत्ति


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरेबियाले आफ्नो बैंक नोटमा राखेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ ।

भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बीबीसीले उल्लेख गरेको छ ।

गत साता साउदी अरेबियाले जारी गरेको २० रियालको नोटमा विश्वको नाक्सा छापिएको छ । उक्त नक्सामा जम्मु–कश्मीर र लद्दाखलाई भारतको हिस्साको रुपमा देखाइएको छैन ।

साउदी अरेबियासँगको यो विषयमा तत्काल सुधारात्मक कदम उठाउन आग्रह गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जानकारी दिए । उनले केन्द्रशासित राज्य जम्मु–कश्मीर र लद्दाख भारतको अभिन्न अंग रहेको बताए ।

साउदी अरेबियाले जी–२० समुहको अध्यक्षतालाई संकेत गर्न नयाँ नोट जारी गरेको हो ।

अनुराग श्रीवास्तवले साप्ताहिक प्रेस कन्फ्रेन्समा भने, ‘हामीले बैंक नोट हेरेका छौँ, जसले भारतको बाहिरी क्षेत्रीय सीमालाई गलत तरिकाले प्रस्तुत गरेको छ ।’ साउदीले गत अक्टोबर २४ मा आफ्नो यो नोट सार्वजनिक गरेको हो । बीबीसीबाट

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ५९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट