म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना, १ को मृत्यु १० घाइते « Khabarhub

म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना, १ को मृत्यु १० घाइते


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

रघुगंगा–६ पाखापानीदेखि बेनी जाँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको हो ।

बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पुर्‍याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए ।

मृतक बालिका दशैँमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् । जीपमा ११ जना सवार थिए । एक जनाको मृत्यु भएको र १० जना घाइते भएको प्रहरी निरीक्षक चौधरीले बताए ।

बेहोस अवस्थामा रहेका चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई उपचारका लागि पोखरा पठाइएको छ ।

खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर खड्काले बताए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : ४३ बजे

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको

कर्णाली प्रदेशसभा बैठक : हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने संकल्पपत्र पारित

कर्णाली– कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न ६