म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना, १ को मृत्यु १० घाइते | Khabarhub Khabarhub

म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना, १ को मृत्यु १० घाइते


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

रघुगंगा–६ पाखापानीदेखि बेनी जाँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको हो ।

बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पुर्‍याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए ।

मृतक बालिका दशैँमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् । जीपमा ११ जना सवार थिए । एक जनाको मृत्यु भएको र १० जना घाइते भएको प्रहरी निरीक्षक चौधरीले बताए ।

बेहोस अवस्थामा रहेका चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई उपचारका लागि पोखरा पठाइएको छ ।

खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर खड्काले बताए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : ४३ बजे

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा